Sajhamanch Archive

प्रणित र सरोज गोर्खा टेलरिङका ‘ब्राण्ड एम्बासाडर’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । गोर्खा टेलरिङ बिर्तामोडले ‘ब्राण्ड एम्बासाडर’ राखेर मोफसलमै अर्को नयाँ अभ्यासको थालनी गरेको छ । व्यवसायिक ख्याती आर्जन गर्न अनेकन अभ्यास गरिरहेको गोर्खा टेलरिङ दौरा, सुरुवाल, सुटको स्पेसलिष्ट हो ।

आज बिर्तामोडमा विशेष कार्यक्रम गरी गोर्खा टेलरिङका प्रबन्ध निर्देशक विरबहादुर दर्नाल र करियोग्राफर प्रणित पुडासैनी तथा मोडल सरोज खरेलले ‘ब्राण्ड एम्बासाडर’ (सद्भावना दूत)को रुपमा काम गर्ने सहमतिपत्र आदान प्रदान गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा चेम्बर अफ कमर्श तथा रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल, बाल्मिकी लिङ्कन कलेजका निर्देशक किशोर बस्नेत, होटल हिकोला हेरिटेजका सञ्चालक देवीभक्त श्रेष्ठसहित एक दर्जन पत्रकारको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टका प्रवन्ध निर्देशक पुडासैनी र कार्यकारी निर्देशक खरेललाई २०७७ असोज मसान्तसम्मका लागि गोर्खाले सद्भावना दूतको रुपमा सहयात्रा गर्ने सहमति गरेका छन् । सोवापत वार्षिक एक लाख ५० हजार रुपैयाँ गोर्खा टेलरिङले उपलब्ध गराउने सहमति छ ।
मोफसलमा रहेर मनोरञ्जनको क्षेत्रमा ख्याती कमाइरहेका पुडासैनीले हालै वेस्ट फेसन कोरियोग्राफरको अवार्डसमेत जितेका छन् ।

बिर्तामोडमा ड्रिम्स वल्र्ड स्थापना गरेर विभिन्न ब्युटी पिजेन्ट गर्दै आएका पुडासैनी र खरेललाई सद्भावना दूत नियुक्त गर्न पाएकोमा गोर्खा टेलरिङका प्रवन्ध निर्देशक दर्नालले गौरव महसुस भएको बताए ।

सद्भावना दूतले गोर्खा टेलरिङको प्रवद्र्धन गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । गोर्खाबाट उत्पादित पोशाकको प्रवद्र्धन गनुपर्ने र ड्रिम्सको हरेक प्रतियोगितामा गोर्खा स्वतः प्रमोटरको रुपमा ररहने सम्झौता गरिएको छ ।

गोर्खा टेलरिङका सञ्चालक दर्नालको यस्तो रचनात्मक अभ्यासप्रति कार्यक्रमका अतिथि वक्ताहरुले सराहना ब्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *