दमकका दृष्टिविहीन विद्यार्थीसँग अमेरिकी शिक्षकहरुको एक दिन
Published:
by .दमक । यहाँको सरस्वती माद्यमिक विद्यालयमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीहरुले अमेरिकाको वासिङ्टन स्टेट्स स्कूल फर ब्लाइन्डका शिक्षकहरुसँग अन्तरक्रिया गर्ने अवसर पाएका छन् ।
रोट्याक्ट क्लब अफ दमकका संस्थापक अध्यक्ष बिरोध सुबेदीले दिएको जानकारी अनुसार अन्तरक्रिया कार्यक्रममा यहाँका विद्यार्थीहरुले अमेरिकामा दृष्टिबिहीन विद्यार्थीहरुले सिक्ने शैलीको बारेमा चासो राखेका थिए ।
शिक्षिका स्टेफेनी फेस र शिक्षिका पाम पार्करले आफूहरुले वासिङ्टनका विद्यार्थीहरुलाई पढाउने शैली बारे बेलीबिस्तार लगाएर यहाँका विद्यार्थीलाई सिक्ने हौसला थपेका थिए ।
वासिङ्टन स्कूलका प्रिन्सिपल सेन मेक्करमिकले विद्यालयमा दृष्टिबिहीन विद्यार्थीहरुले पाउने अतिरिक्त सुविधा तथा चुनौति बारे भनाई राखेका थिए ।
नेपालमा अपांगता भएका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको अमेरिकाको द रोज इन्टरनेशनल फण्ड फर चिल्ड्रेनले आयोजना गरेको कार्यक्रममा उक्त संस्थाका संस्थापक अध्यक्ष रोबर्ट रोजले आफूले गर्दै आएको सहयोग निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष रोजले विद्यार्थीहरुलाई केही खेलकुदका सामानसमेत हस्तान्तरण गरे । सो अन्तरक्रिया कार्यक्रममा सामाजिक सेवाका क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए ।
Comments