मेउवासंघले धुलाबारीमा अन्तर्राष्ट्रिय औधोगिक, व्यापार महोत्सव गर्ने
Published:
by .मेचीनगर । मेची उद्योग वाणिज्य संघ झापाले आगामी पौषमा ९ दिवसीय तेस्रो अन्तर्राष्ट्रिय औधोगिक ब्यापार मेला आयोजना गर्ने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही पुष ९ गतेदेखि १७ गतेसम्म धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औधोगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने तयारी गरेको हो ।
संघले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी सार्क राष्ट्रहरु सहित बर्माबाट समेत स्टल रहने गरी अन्तर्राष्ट्रिय स्तरको महोत्सव गर्न लागिएको जनाएको हो ।
स्थानीय वस्तुहरुको व्यापार प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइने एवम् बजार मूल्यभन्दा स्टलबाट बिक्री गरिने वस्तु र सेवामा विशेष छुट दिइने योजनासहित महोत्सवलाई महत्वको बनाइने संघका अध्यक्ष ऋषिराम तिम्सिनाले जानकारी दिए ।
महोत्सवमा भारतका उद्योगी व्यवसायीका लागि २५ वटा, बंगालादेश र पाकिस्तानका लागि ५–५ वटा र बर्माका लागि केही स्टल अग्रिम छुट्याइएको अध्यक्ष तिम्सिनाले बताए ।
महोत्सवमा २०० वटा सुविधासम्पन्न एवम् अत्याधुनिक स्टलहरु रहने जनाइएको छ । नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगबाट उत्पादित वस्तुहरु, कृषिजन्य र अन्य उत्पादनहरु सहित विदेशका कम्पनीहरुबाट उत्पादित वस्तुको स्टल रहने उल्लेख छ ।
संघका अध्यक्ष तिम्सिना, महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेल र प्रचार प्रसार समितिका संयोजक सन्दिप ओलीले संयुक्त हस्ताक्षर गरेर जारी गरिएको प्रेस विज्ञप्तीमा २०६० र २०७० सालमा सम्पन्न दुईवटा महोत्सवभन्दा आसन्न अन्तर्राष्ट्रिय महोत्सव विशेष महत्वको हुने जनाइएको छ ।
आसन्न महोत्सवमा ५ करोड रुपैयाँ हाराहारी कारोबार हुने तथा एक लाख जनाले प्रतक्ष्य अवलोकन गर्ने संघको अपेक्षा रहेको सुनाइएको छ । महोत्सव सम्पन्न गर्न संघले विभिन्न १३ वटा उपसमिति गठन गरेको महासचिव ध्रुव कनालले जानकारी दिए ।
संघले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो छ ।
Comments