राइड थ्रु सिन्धुलीगढीमा २०४ साइकलयात्री, पर्यटनमन्त्री भट्टराईले उद्घाटन गर्ने
Published:
by .काठमाडौं । शुक्रबार काठमाडौंबाट सुरु हुने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको समुद्घाटन पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट गर्ने कार्यक्रम बनेको छ ।
समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष १६७ जना साइकलयात्री सहभागी हुने राइड थ्रु सिन्धुलीगढीका संयोजक दीपिका ज्ञवालीले बताएकी छन् । १४८ जना पुरुष र १८ जना महिला सहभागी हुने साइकल यात्रामा सहयोगीसहित २०४ जनाको सहभागी हुने ज्ञवालीले जनाएकी छन् ।
यसवर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकल यात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको बताइएको छ । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको सम्पूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए ।
Comments