Sajhamanch Archive

कन्याममा होटल ग्रीन कार्पेट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by .

कन्याम (इलाम) । नेपाल भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका वडा नं. ६ स्थित कन्याममा आजदेखि होटल ग्रीन कार्पेट सञ्चालनमा ल्याइएको छ ।

व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट तथा लज सञ्चालनमा ल्याएका हुन् । प्रदेशसभा सदस्य काजीमान कागतेले होटलको उद्घाटन गरेका थिए ।

होटल उद्घाटन गर्दै कागतेले कन्याममा ५० लाखदेखि १२ करोड रुपैयाँसम्म लगानीमा होटल सञ्चालन रहेको जानकारी दिए । ‘इलाममा आउने पर्यटकले धेरै कुरा सिक्ने र लिएर जाने गर्छन्’ प्रदेशसभा सदस्य कागतेले भने ‘इलामको कन्याममा पर्यटकको धेरै सम्भावना छ ।’
भारतको दार्जीलिङ, खर्साङ र झापालाई लक्षित गरी कन्याममा रात्री पर्यटन बनाउनु पर्नेमा उनले जोड दिए ।

होटलको रेष्टुरेन्टमा ५० जना र लजमा २० जनाको क्षमता रहेको होटल सञ्चालक गिरीले बताए । होटलमा लोकल कुखुराको मासु, अर्गानिक सागसब्जी, सुकुटी, सेकुवा र क्याम्पफायरको व्यवस्था भएको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *