Sajhamanch Archive

साकम्बरी प्रोडक्टमा सञ्चालक शर्मासहित ६ जनालाई राजश्व छलीको आरोपमा मुद्दा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

भद्रपुर । बाहिरी खोल र नाममा नक्कल गरी अर्काको उत्पादनको पहिचान खोसेर अबैध कारोवार गरिरहेको आरोप लागेका झापाका केही गुटखा उत्पादक कम्पनी मध्येको एकलाई राजश्व छलेको आरोप लागेको छ ।

राजश्व अुनसन्धान विभागले अवैध रूपमा गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरेको भन्दै ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । विभागले झापाको मेचीनगरमा सञ्चालित साकम्बरी प्रोडक्टका सञ्चालक मुकेश शर्मा र मुख्य कारोबारी रामकृष्ण शर्मासहित ६ जनालाई राजश्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

विभागले ३६ करोड ५५ लाख रुपैयाँ बिगो कायम गरी झापा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । साकम्बरीका सञ्चालक मुकेश शर्मासहित ६ जनाबाटै बिगो बराबरको रकम असुली गर्दै ३ वर्षको कैद सजायको माग गर्दै विभागले मुद्दा दायर गरेको हो ।

अन्तःशुल्क वापत ३१ करोड ५ लाख ३९ हजार ९५९ रुपैयाँ, मूल्य अभिवृद्धि शीर्षकमा २ करोड ७९ लाख ९८ हजार ५६९ रुपैयाँ, आयकरतर्फ २ करोड ३८ लाख ८३ हजार १७ रुपैयाँ र स्वास्थ्य जोखिम करतर्फ ३१ लाख ४१ हजार ७९१ रुपैयाँ राजश्व छली गरेको विभागले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

झापाबाट गुटखाजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गर्ने केही उद्योगहरूले झापा बाहिरबाट उत्पादित उद्योगको उत्पादनका नक्कली उत्पादनसमेत गरिरहेको आरोप लाग्ने गरेको छ । अन्यत्रबाट उत्पादन हुने गुटखाको खोल, नाम मिल्ने सामग्री बजारमा पठाएर अबैध काम गरिरहे पनि नियामकले कारबाही गर्न सकिरहेको छैन ।

यस कार्यबाट मौलिक उत्पादन विस्थापित हुने तथा राज्यलाई तिर्नु पर्ने कर छलिने जस्ता अवैध कार्य हुने गरेको कर प्रशासनको बुझाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *