खुदुनाबारीमा साना मझौलाको आँखा स्वास्थ्य शिविर
Published:
by .अर्जुनधारा । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले वार्षिक कार्यक्रम अन्तरगत अर्जुनधाराको खुदुनाबारीमा आज गरेको निःशुल्क आँखा शिविरमा १५० जनाले सेवा लिएका छन् ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आज सम्पन्न आँखा स्वास्थ्य शिविरमा निःशुल्क आँखा जाँच गरी मोतियाविन्दू एवं ट्राकोमाको शल्यक्रिया गर्नुपर्ने बिरामीको पहिचान गरी अस्पताल रिफर गरिएको छ ।
साना मझौला सहकारीका अध्यक्ष देवी निरौला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो ।
सहकारीका कोषाध्यक्ष देवीप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा वडा नं. १ का अध्यक्ष गजाधर खतिवडा, २ का अध्यक्ष रघु खनाल, ३ का अध्यक्ष जीवन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सहकारीका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।
Comments