पृथ्वी साकोसको साधारणसभा सम्पन्न
Published:
by .सुरुङ्गा । कनकाई नगरपालिका वडा नं. ३ स्थित पृथ्वी बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा आइतबार सम्पन्न गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक, लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो ।
साधारणसभामा संस्था सञ्चालक समितिका अध्यक्ष कुमारमणि पोखरेलले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । प्रगति प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ४२ लाख ४८ हजार ५४५ रुपैयाँ सञ्चालन आम्दानी गरेको उल्लेख छ ।
संस्थाका उपाध्यक्ष एलपी उप्रेतीले आमन्त्रितहरुलाई शब्दले स्वागत गरेको साधारणसभाको सञ्चालन सचिव शिवकुमार कडेलले गरेका थिए ।
साधारणसभाको उद्घाटन समारोहमा असल बचत कारोबारी, कर्जा लिएर उद्यम गर्ने असल ऋणि, ज्येष्ठ नागरिक, कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।
सो अवसरमा कनकाई सामुदायिक वन समूहका अध्यक्ष ख्याम ओली, सुरुङ्गा कनकाइ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मी पाठक, शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण चेमजोङ्ग, संस्थाका सल्लाहकार टीकाप्रसाद कट्टेल, आशा शर्मा शिवाकोटीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Comments