रिलायवलले दियो पौने पाँच लाखको दावी भुक्तानी
Published:
by .कचनकवल (झापा) । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड अन्तरगत शुलभ जीवन बीमा योजनामा सहभागी झापाको कचनकवलका एक परिवारले झण्डै पाँच लाख रुपैयाँ बीमा रकम भुक्तानी पाएका छन् ।
एक्सल डेभलपमेन्ट बैंकमा कर्जा कारोबार गर्दा रिलायवल नेपाल लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुपर्ने प्रावधान छ । सोही कारोबारका लागि कचनकवल ७ का सूर्यनारायण राजवंशीले पाँच लाख रुपैयाँ कर्जा लिँदा बीमा गरेकोमा एक किस्तामात्र सावाँ व्याज बुझाए पछि उनको निधन भएको थियो ।
मृतक राजवंशीको नाममा बीमा दावी परेपछि कम्पनीले भुक्तानी गरेको हो । बीमा कम्पनीको बिर्तामोड शाखा कार्यालयका प्रमुख तौफिक अहमद शेखको अगुवाइमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीको उपस्थितिमा मृतक सूर्यनारायणकी पत्नी चन्द्रकुमारीलाई आइतबार बीमा दावी रकम भुक्तानी गरिएको हो ।
कम्पनीले चन्द्रकुमारी राजवंशीको नाममा जारी गरेको चार लाख ७५ हजार ४३५ रुपैयाँको चेक राजवंशी परिवारको आँगनमा नै पुगेर विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको बिर्तामोड शाखा प्रमुख तौफिक शेखले जानकारी दिए ।
बीमा वापतको चेक प्रदान गर्दै कचनकवलका उपध्यक्ष निमसरी राजवंशीले, ‘बैंकबाट कर्जा लिएको केही महिनामा नै मुख्य मान्छेको असामयिक निधनले बिलखबन्दमा परेको राजवंशी परिवारलाई बीमा कम्पनीको दावी भुक्तानीले असाध्यै राहत प्रदान गरेको’ बताइन् । उनले रिलायवल बीमा कम्पनीले जीवन रहँदा पनि र जीवन पश्चात पनि बिमकलाई हेर्ने रहेछ भन्ने सन्देश प्रवाह गरेको पनि बताइन् ।
एक्सल डेभलपमेन्ट बैंक कचनकवल शाखा प्रमुख राजन ढकाल, वडाध्यक्ष भरत राजवंशी, बीमा कम्पनीका एजेन्सी मेनेजर पदमबहादुर श्रेष्ठ लगायतको सहभागितामा बीमा दावी भुक्तानी गरिएको बिर्तामोड शाखा प्रमुख शेखले बताए ।
Comments