Sajhamanch Archive

सुरुङ्गामा नेपाली सेनाले दियो विपद न्यूनीकरण प्रतिकार्य तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कनकाई । झापाको अति विपद स्थानका रुपमा परिचित कनकाई नगरपालिकाका अगुवा रेडक्रसकर्मी, जनप्रतिनिधि तथा पत्रकारका लागि शनिबार र आइतबार विपद न्यूनीकरण प्रतिकार्य तालिम दिइएको छ ।

कनकाई नगरपालिकाको आयोजनामा भएको सो तालिममा श्रीनाथ गण चारआली ब्यारेकका सेनानी दिनेश भण्डारी र नभराज फुयाँलले विपदका बेला उद्धारका लागि खटिएका स्वायम सेवकहरुले अपनाउनु पर्ने सुरक्षा र समन्वयका बारेमा प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको थियो । कनकाई नगरपालिका क्षेत्रमा मात्रै साना ठूला गरी आधा दर्जन खोला खोल्साहरुमा वर्षेनी ठूलो मात्रमा जन धनको क्षति हुने गरेकोले विपदबाट बच्न र उद्धार कार्यमा सहयोग गर्नका लागि तालिमको आयोजना गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *