Sajhamanch Archive

सहकारीको साधारणसभामा गाउँपालिका अध्यक्षले पोखिन् असन्तुष्टी

Published: in मुख्य समाचार, समाज, सहकारी, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले आफ्नो पालिका अन्तरगतका सहकारीहरुले विषयगत कारोबारको साटो बचत तथा ऋणको कारोबारलाई प्राथमिकता दिएको भनी असन्तुष्टी व्यक्त गरेकी छन् ।

वडा नम्बर ३ केर्खास्थित जागरुक कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा मन्तब्य राख्दै अध्यक्ष काफ्लेले यस्तो असन्तुष्टी राखेकी हुन् ।

‘कमल गाउँपालिकामा रहेका सहकारीहरुले संस्थाको उद्देश्यअनुरुप काम गरिरहेका छैनन्’ साधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि रहेकी उनले भनिन्, ‘सहकारीले नाम र उद्देश्य अनुसार काम नगरेकोले गाउँपालिकाले व्यवसाय प्रवद्र्धन कोषमा राखेको दुई करोड रुपैयाँ खर्च हुन सकिरहेको छैन ।’

गाउँपालिकाले व्यवसाय प्रवद्र्धन कोषमा छुट्याएको दुई करोड रुपैयाँले सहकारी मार्फत सदस्य माझ बिना व्याजमा लगानी गर्ने भएकाले सबै सहकारीहरुले आफ्नो नाम र उद्देश्य अनुसार कारोबार गरेर पालिकाको अभियानमा मद्धत गर्न अध्यक्ष काफ्लेले सुझाव दिइन् ।

साधारणसभाको उद्घाटन कार्यक्रम बाल बचतकर्ता रामेश्वर तिमल्सिना, उत्कृष्ट कारोबारमा उर्मिला श्रेष्ठ र तारा मंग्राती, सामाजिक अभियन्ता भूमिका नेपाललगायत नियमित बचतकर्ता एवम् ज्येष्ठ नागरिक बचतकर्ता गरी एक दर्जनभन्दा बढीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा क्यान महासंघ झापाका अध्यक्ष राजु श्रेष्ठ, कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, सहकारीकर्मी लीलाकान्त भट्टराईलगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विवश बलिभद्र कोइरालाले सञ्चालन गरेका थिए भने कृष्णप्रसाद ओझाले स्वगत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *