Sajhamanch Archive

भद्र र रुपसीले नेपाल–चीन सम्बन्धलाई थप गाढा बनाउने प्रधानमन्त्री ओलीको भनाई

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अझ व्यापक बनाउनु पर्ने बताएका छन् ।

चीन सरकारलाई नेपालको तर्फबाट एकजोडी गैंडा हस्तान्तरण गर्दै प्रधानमन्त्री ओलीले बिहीबार यस्तो आवश्यकता दर्शाएका हुन् ।

दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा उपाहारले थप मजवुद बनाएको उनको भनाई छ ।
भृकुटी र अरनिकोबाट सुरु भएको नेपाल–चीन सम्बन्धलाई भद्र र रुपसीले थप गाढा बनाएको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले नेपालका लागि चीनका राजदूत यु होङलाई प्रकृति संरक्षण कोष खुमलटारमा भद्र र रुपसी नामका गैंडाको जोडी हस्तान्तरण गर्ने कार्यक्रममा माथिका भनाई राखेका हुन् ।

वन्यजन्तुको संरक्षणका लागि सरकार संवेदनशील रहेको बताउँदै प्रधानमन्त्री ओलीले “वन्यजन्तु र प्रकृतिको संरक्षणका लागि हामीले पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा आरक्षण र संरक्षण क्षेत्र बनाएको बताएका उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

दुई वर्षभन्दा कम उमेरका भद्र र रुपसी चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं लगेर चीनलाई हस्तान्तरण गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *