सहकारी बैंकको वार्षिक प्रतिवेदनमाथि बिर्तामोडमा छलफल
Published:
by .बिर्तामोड । राष्ट्रिय सहकारी बैंक लिमिटेडको यही पुष ३ गते काठमाडौंमा आयोजना गरिएको १६औं वार्षिक साधारणसभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि मंसीर २९ गते आइतबार बिर्तामोडमा छलफल गरिएको छ ।
बैंकको बिर्तामोड शाखा कार्यालयले आयोजना गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रममा वार्षिक प्रतिवेदन माथि अन्तरक्रिया गरिएको हो । बैंकको शाखा समन्वय समितिका संयोजक गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा बैंकका सञ्चालक महेन्द्रकुमार गिरीले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
बिर्तामोड शाखा अन्तरगत सदस्य संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा गरिएको छलफल कार्यक्रममा उठेका जिज्ञासाहरुमाथि सञ्चालक सदस्य गिरीले सहजीकरण पनि गरेका थिए ।
बैंकका शाखा प्रमुख मुना घिमिरेले सञ्चालन गरेको सदस्य भेला तथा अन्तरक्रिया कार्यक्रममा आमन्त्रितहरुलाई शाखा समन्वय समितिका सदस्य कमलबहादुर बस्नेतले शाब्दिक स्वागत गरेका थिए । सो कार्यक्रममा शाखा समन्वय समितिका सल्लाहकार रामचन्द्र उप्रेती र घनश्याम अधिकारीले आफ्ना भनाई राखेका थिए ।
Comments