Sajhamanch Archive

सहारामा स्थानीय साधारणसभा र प्रतिनिधि छनोट धमाधम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । नेपालकै ठूलो मध्येको एक सहकारी संस्था सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २३औं वार्षिक साधारणसभाका लागि प्रतिनिधि छनौटको कार्यक्रमलाई निरन्तरा दिएको छ । यसैको शिलशिलामा आज बिर्तामोड सेवा केन्द्रले स्थानीय साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाको आगामी पौष २६ गते हुने वार्षिक साधारणसभालाई लक्षित गरेर कार्यक्रम आयोजना गरेको हो । स्थानीय साधारणसभाका सदस्यहरुमाझ संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ८ अर्ब ५६ करोड ८२ लाख १९ हजार ९३४ रुपैयाँको वासलात बनाएको उल्लेख गरिएको छ । एक लाख ४३ हजार ४३५ जना शेयर सदस्य रहेको संस्थामा हालको शेयर पूँजी एक अर्ब २४ करोड ९६ लाख ११ हजार २०० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै निरौलाले संस्थाले वर्षभरि गरेका कार्यक्रम र वित्तीय कारोबारका बारेमा प्रष्ट पारेका थिए ।

संस्थाको सन्चालक समितिका सदस्य भिम खवासले नीति तथा कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा विभागीय प्रमुख ईश्वरीप्रसाद भट्टराईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा उत्कृष्ट ऋणीका रुपमा तिलरुपा श्रेष्ठलाई सम्मान गरिएको थियो भने उत्कृष्ट व्यवसायीका रुपमा डम्बरबहादुर राउत र उत्कृष्ट वचतकर्ताको सम्मान गीता राजवंशीलाई गरिएको थियो ।

बिर्तामोड सेवा केन्द्र प्रमुख घनश्याम रायाले बिर्तामोड सेवा केन्द्रको वित्तीय अवस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गर्दै प्रष्ट पारेका थिए । बिर्तामोड सेवा केन्द्र सहयोग समितिका सदस्य कृष्ण थापाले स्वागत र कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सन्चालन संस्थाका संचालक समिति सदस्य भिम गिरीले गरेका थिए ।

संस्थाले आफ्नो कार्यक्षेत्रका ३८ स्थानमा स्थानीय साधारणसभा गरी केन्द्रीय साधारणसभाका लागि प्रतिनिधि छनोट गरिरहेको बिर्तामोड कार्यालय प्रमुख रायाले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *