नेपाली युवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार
Published:
by .नयाँदिल्ली । एक नेपाली युवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् ।
कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो ।
दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको छ ।
भारतको केन्द्र सरकारका पूर्वमन्त्री कमलसिंह नेगी र भारतीय जनता पार्टीका वरिष्ठ नेता डा. दिनेश उपाध्याय एवम् वर्खा शुक्ला सिंह लगायतले राउतलाई सम्मान गरेका थिए ।
सामाजिक तथा मानवअधिकार क्षेत्रमा आधा दशकदेखि सक्रिय राउत नेपाल पिछडा वर्ग महासंघको भातृ संगठन ओविसी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।
Comments