शिव निर्माण सेवा सुरुङ्गाको ताला खोलियो
Published:
by .सुरुङ्गा । कनकार्इ नगरपालिका १ मा सञ्चालित शिव निर्माण सेवाको अलकत्रा उद्योगमा गरिएको तालाबन्दी युवा संघ झापाले आज खोलिदिएको छ ।
गुणस्तरहीन निर्माण सामग्री उत्पादन गरेको प्रमाणसहित युवा संघले असार २२ गते उद्योगमा तालाबन्दी गरेको थियो ।
झापाका विभिन्न सडक निर्माणमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गाुण्स्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा सघले उद्योगमा तालाबन्दी गरी स्थानीय सरकार तथा प्रशासनमा जानकारी गराएको थियो ।
सोपछि जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला समन्वय समिति झापा र कनकाई नगरपालिकाको रोहवरमा वार्ता गरी संकलित नमूना परीक्षण गर्न पठाएर उत्पादन गुणस्तरहीन नै ठहर भएमा कारबाही गर्ने सहमति पछि ताला खोलिएका संघका जिल्ला अध्यक्ष शम्भू भण्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
सहमति पछि युवा सघ नेपालका केन्द्रीय सदस्य पर्वतराज भण्डारीको नेतृत्वमा गएको युवा संघ नेपालको टोलीले आज दिउँसो उद्योगमा लागेको ताला खोलिदिएको जनाइएको छ ।
तालाबन्दी खोलेपछि युवा सघ झापाले एक विज्ञप्ती प्रकाशित गरि अनुगमन गरि झापाका लक्ष्मीपुर सडक ,जयपुर सडक,धरमपुर सडक र कन्काइ सडक गरि ४ स्थानमा गरिएको कालोपत्रेको नमुना ,परिक्षणका लागि सडक डिभिजन कार्यलय इटहरी र काठमाडौ पठाएको झापा अध्यक्ष शम्भु भण्डारीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।
Comments