चन्द्रगढीमा सहाराको स्थानीय साधारणसभा
Published:
by .भद्रपुर । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चन्द्रगढी सेवा केन्द्रले आज स्थानीय साधारणसभा तथा प्रतिनिधि छनौट कार्यक्रम गरेको छ । ५२१ शेयर सदस्य रहेको चन्द्रगढी सेवा केन्द्रबाट १४ जना पुरूष तथा १३ महिला गरी २७ जनालाई साधारणसभा प्रतिनिधिमा छनौट गरिएको हो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रगढी सेवा केन्द्रमा उत्कृष्ट कारोबार गर्ने बचतकर्ता मदनप्रसाद रिजाल, ऋण कारोबार गर्ने तीर्थबहादुर लावती र ऋण रकमबाट व्यवसाय तथा उद्यममा सफलता प्राप्त गर्ने सविना थापामगरलाई सम्मान गरिएको छ ।
स्थानीय साधारणसभाको औचित्यमाथि मञ्जु दाहाल पोखरेलले प्रकाश पारेको कार्यक्रममा संस्थाको वार्षिक नीति तथा कार्यक्रम वरिष्ठ उपाध्यक्ष निरौलाले प्रस्तुत गरेका थिए । चन्द्रगढी सेवा केन्द्र प्रमुख कल्पना मिश्रले ५२१ शेयर सदस्यसहित १३ करोड ४३ लाख बढीको आर्थिक कारोबारसहितको गतिविधि प्रस्तुत गरेकी थिइन् ।
Comments