बिर्तामोडमा सामुदायिक विद्यालयका छात्रछात्रालाई स्वीटर र टोपी
Published: (Updated: )
by .झापा । मध्यजाडो मौसम, पुष महिनाको ठिहिर्याउने जाडोमा सिउसिउ गर्दै विद्यालय आउने विद्यार्थीलाई लक्षित गरी सामाजिक अभियन्ताहरु केही दिनदेखि न्यानो कपडा वितरणमा जुटेका छन् ।
अभियानको संयोजन गरिरहेका पत्रकार सरोज पौडेलले विभिन्न सामाजिक मन भएकाहरुसँग आर्थिक सहयोगको अपील गरेका थिए । विभिन्न दाताहरुले नगद ५ हजारदेखि १०० वटासम्म स्वीटर प्रदान गर्ने विश्वास दिलाए पछि अभियानले रचनात्मक मोड लिएको हो ।
सामाजिक मनहरुको उल्लेख्य सहभागिता देखेपछि बिर्तामोड नगरपालिकाले पनि एक लाख रुपैयाँ अनुदान उपलब्ध गराए पछि नगरक्षेत्रका कम्तीमा एक हजार छात्रछात्राले यही सिलशिलामा न्यानो कपडा स्वीटर र टोपी पाउने भएका हुन् ।
हिजो सोमबार बिर्तामोड ९ स्थित देवकोटा सामुदायिक विद्यालयका ससाना बालबालिकाहरुलाई न्यानो कपडा स्वीटर र टोपी प्रदान गरेर नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले शुभारम्भ गरेकी थिइन् ।
मंगलबार बिर्तामोड ७ मा रहेको जनता प्राथमिक र लक्ष्मी आधारभुत विद्यालयका २४० जना विद्यार्थीलाई स्वीटर, टोपीसहित कापी प्रदान गरिएको पौडेलले बताए । यो वर्ष कम्तीमा हजार विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्ने लक्ष्य राखिएको समितिका कोषाध्यक्ष तथा बिर्तामोड नगरपालिका वडा नम्बर नं. २ का सदस्य किशोर पौडेलले जानकारी दिए ।
आज दिउँसो जनता प्राथमिक विद्यालयका १२५ जना विद्यार्थीलाई स्वीटर ,टोपी र कपी वितरण गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीले आगामी दिनमा सबै विद्यालयमा न्यानो कपडा प्रदान गर्ने घोषणा गरे । प्रमुख शिवाकोटीले बालबालिकाका लागि नगरपालिका सधैं सकारात्मक छ तर आवश्यकता कति हो प्रस्ताव आएमा अनुगमन र अध्ययन गरी सहयोग गर्न सकिने आश्वासन दिए ।
कोशाध्याक्ष किशोर पौडेलले न्यानो कपडा वितरणको आवश्यकता र औचित्य प्रकाश पारेको सो कार्यक्रममा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले आफ्नो तर्फबाट न्यानो कपडा पाउने विद्यार्थीलाई कपी उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे।
सो विद्यालयका प्रध्यानाध्यापक डिल्लीरमण भट्टराईले सामाजिक अभियन्तालाई शब्दद्वारा स्वागत गरेको सो अवसरमा वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष चन्द्रकला पकुवाललेअभियानमा सहयोगीलाई धन्यवाद दिइन् ।
यस्तै वडानम्बर ७ कै लक्ष्मी आधारभूत विद्यालयमा नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईंले अभियानमा नगरपालिकाको प्रमुख काम भए पनि युवाहरुले नेतृत्व गरेको कामलाई सम्मान गरेर सहयोग गरेको बताईन् ।
कार्यक्रममा नेकपाका नगर अध्यक्ष ज्ञानुराम प्रसाइले युवाहरुको योजना र कार्य सराहनीय भएकोले यसलाई निरन्तर अगाडि बढाउन आग्रह गरे। उपप्रमुख प्रसाईंको प्रमुख आथित्यमा गरिएको कार्यक्रममा विधालयका प्रध्यानाधापक खगेन्द्र पकुवालले स्वागत तथा अभियानका सदस्य केशव ढुंगानाले प्रष्ट पारेका थिए ।
Comments