Sajhamanch Archive

कर्णाली साकोसमा सर्वसम्मत नयाँ नेतृत्वः अध्यक्ष, उपाध्यक्ष र सचिवले पाए निरन्तरता

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

बिर्तामोड । लघुवित्तीय कारोबारसहित सहकारी अभियानमा झापाको अग्रणी संस्था कर्णाली बचत तथा ऋण सहकारी संस्थाले पुनः सर्वसम्मत नयाँ नेतृत्व पाएको छ ।

बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल प्रमुख रहेको निर्वाचन समितिले आकांक्षीहरुबीच लामो छलफल गरी चार वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तागर्दा संस्थाको अध्यक्षमा १ जना, सचिवमा १ जना तथा लेखा सुपरीवेक्षण समितिमा आवश्यकता अनुसार ३ जनाकोमात्र मनोनयन परेकाले ती पदहरु सर्वसम्मत भएका थिए ।

तर १ उपाध्यक्षका लागि २ जना, १ कोषाध्यक्षका लागि ४ जना, ३ महिला सदस्यका लागि ५ जना र २ जना खुल्ला सञ्चालकका लागि १५ जनाको उम्मेदवारी परेको थियो ।

‘सहकारी संस्थामा नेतृत्व चयन गर्दा मतदानको माध्यमबाट गरिएमा राम्रो सन्देश नजाने विषयमा सबै आकांक्षीहरु एकमत देखिएकाले सर्वसम्मत नेतृत्वका लागि कसरत गरिएको हो’ सहजीकरणमा संलग्न सहकारीकर्मी गोविन्दबिक्रम गिरीको भनाई थियो ।

निर्वाचन समितिका सदस्य कुमार याक्सो र नरबहादुर बस्नेतको समन्वय तथा सहजीकरणबाट आकांक्षीहरुले एकापसमा जिम्मेवारी लिने र छाड्ने निर्णय गरेकाले मतदानमा जानु नपरेको बताइएको छ ।

आगामी चार वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः टसबहादुर प्रधान, ईश्वरीप्रसाद खरेल र भूपाल बस्नेतले पुनः जिम्मेवारी पाएका छन् भने कोषाध्यक्षमा एकराज विष्ट आएका छन् ।

सञ्चालक समितिको सदस्यमा गणेश पराजुली, गुञ्जन थापा, कुमारी भट्टराई, जानुका न्यौपाने र निर्मला लुईटेल सर्वसम्मत भएका छन् ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामकुमार गौतम र सदस्यहरुमा मोहन बेघा लिम्बू र निलम प्रधान निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका प्रमुख डिल्ली दाहालले जानकारी दिए ।

संस्थाको वार्षिक साधारणसभा यही पुष १३ गते हुँदैछ । सो साधारण सभाबाट नयाँ नेतृत्वले सपथग्रहण गर्ने कार्यतालिका बनाइएको जनाइएको छ ।

कर्णाली साकोस पुनः निर्विरोध निर्वाचित अध्यक्ष प्रधानसँग कुराकानी

निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तागर्दा संस्थाको अध्यक्षमा १ जना, सचिवमा १ जना तथा लेखा सुपरीवेक्षण समितिमा आवश्यकता अनुसार ३ जनाकोमात्र मनोनयन परेकाले ती पदहरु सर्वसम्मत भएका थिए । तर १ उपाध्यक्षका लागि २ जना, १ कोषाध्यक्षका लागि ४ जना, ३ महिला सदस्यका लागि ५ जना र २ जना खुल्ला सञ्चालकका लागि १५ जनाको उम्मेदवारी परेको थियो ।

Posted by SajhaManch.com on Wednesday, 25 December 2019

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *