Sajhamanch Archive

प्रधानमन्त्री ओली गंगालालमा

Published: (Updated: ) in समाज by .

काठमाडौं । गंगालाल हृदय रोग केन्द्रमा उपचाररत नेकपाका नेता एवम् पूर्व राज्यमन्त्री मुस्ताक आलमको स्वास्थ्य अवस्था बारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा नै गएर जानकारी लिएका छन् ।

रौतहट निवासी आलमलाई हृदयघात भएपछि बिहीबार गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री ओलीले आलमको उपचारमा संलग्न चिकित्सकलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन् ।

त्यहाँ उपलब्ध आलमका परिवारका सदस्यहरुलाई पनि आलमको उपचारमा आश्वस्त रहन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आलमको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

आलम गत मंसीरमा भएको संघीय संसदको निर्वाचनमा रौतहट २ बाट वाम गठबन्धनको तर्फबाट उम्मेद्वार पनि थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *