पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा
Published: (Updated: )
by .काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे ।
शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबी
गरे ।
मन्त्री अधिकारीले ३ वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ७ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको
बताए।
मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दोलखाको सदरमुकाम चरिकोटमा विमानस्थल निर्माणका लागि छिट्टै सर्भे गर्ने योजना पनि सरकारको रहेको मन्त्री अधिकारीको भनाई छ ।
कार्यक्रममा बोल्दै दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौंलागाईँले दोलखाको समृद्धिमा आफूहरु क्रियाशील रहेको बताउनु भएको थियो ।
गौरीशंकर पालिकाका प्रमुख सोयमबहादुर खड्काले पर्यटन क्षेत्रको विकासलाई गौरीशंकर गाउँपालिकाले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा गौरीशंकर गाउँपालिकाको विविधता झल्काउने खालको तस्बिर समावेश गरिएको पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ पनि विमोचन गरिएको थियो ।
– उज्यालो
Comments