दुर्गाभिट्टा सिमसारका लागि सांसद बानियाँको २५ लाख
Published:
by .बनियानी । कचनकवल गाउँपालिका वडा नं. ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहको १५औँ साधारणसभाको अवसरमा ६० विपन्न परिवारलाई जाडोमा ओड्ने कम्बल वितरण गरिेएको छ ।
वन समूहका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा आयोजित साधारणसभामा प्रदेशसभा सदस्य वसन्त बानियाँ प्रमुख अतिथि रहेका थिए ।
२५४ हेक्टर क्षेत्रफल रहको सो वन क्षेत्रको ५ हेक्टरमा सिमसार तथा पर्यटकीय क्षेत्र निर्माणको तयारी भइरहेकोले सो कामका लागि प्रदेशसभा सदस्य वसन्त बानियाँले २५ लाख रुपैयाँ विनियोजन गरेका छन् । सो क्षेत्रमा पर्यापर्यटन निर्माणका लागि १५ करोड रुपयाँको डिपिआर तयारी हुँदैछ ।
साधारणसभामा वडाध्यक्ष मेखबहादुर भट्टराई, जिल्ला वन महासंघका अध्यक्ष वेदप्रकाश भण्डारी, वन सबडिभिजनका प्रमुख दिपक भण्डारीले मन्तव्य राखेको जनाइएको छ ।
Comments