राष्ट्रिय सहकारी महासंघको नयाँ नेतृत्वः अध्यक्षमा कँडेल र वरिष्ठ उपाध्यक्षमा मल्ल र प्रदेश १ सञ्चालकमा ढकाल सर्वसम्मत
Published:
by .काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष पदमा मिनराज कँडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी प्रदेश १ को सञ्चालक सदस्यमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल पनि सर्वसम्मत चयन भएका छन् । ढकालसहित अन्य दुईको उम्मेदवारी दर्ता भएपनि अरुले आफ्नो नाम फिर्ता लिएर ढकाललाई सर्वसम्मत बनाएका जिल्ला संघका सहसचिव भवानी दंगालले जनाएका हुन् ।
महासंघको उपाध्यक्ष पदमा डिल्ली तिवारी, दक्ष पौडेल र रमेश पोखरेलको उम्मेदवारी परेको छ भने लेखा समिति संयोजकमा धर्मदत्त देवकोटा र रविन्द्र के.सी.को उम्मेदवारी परेको छ ।
महासंघको २५ पदका लागि ८० जनाले मनोनयन पत्र दर्ता गराएकोमा आज दिउँसो १ बजेसम्म मनोनयन फिर्ता लिने समय निर्धारण गरिएको थियो ।
Comments