राष्ट्रिय सहकारी महासंघमा ६ पदका लागि निर्वाचन
Published:
by .काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्ष र वरिष्ठ उपाध्यक्ष निर्विरोध तथा केही सञ्चालकहरु सर्वसम्मत चयन भएपनि उपाध्यक्षसहित ६ वटा पदमा अहिले मतदान भइरहेको छ ।
निर्वाचनमा सहभागी झापा जिल्ला सहकारी संघका सहसचिव भवानी दंगालले दिएको जानकारी अनुसार उपाध्यक्ष पदमा रमेश पोखरेल र डिल्लीराम तिवारीले चुनावी प्रतिष्पर्धा गरेका छन् ।
यस्तै दुईजना महिला सञ्चालकका लागि चार जनाको भिडन्त छ । सञ्चालक सदस्य महिला कोटामा अमृता सुब्बा, पद्मा गुरुङ, इन्दिरा पन्त र पार्वती खाँडबीच प्रतिष्पर्धा भएको हो ।
प्रदेश नं. २ बाट सञ्चालक सदस्यमा सञ्जयकुमार साहा र रामबाबु यादवबीच चुनावी प्रतिष्पर्धा भयो भने सुदुरपश्चिम प्रदेशबाट सञ्चालक सदस्यमा तारा लामा तामाङ र खड्का थरका एकजना अभियन्ता उम्मेदवार बनेका छन् ।
महासंघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मदत्त देवकोटा र महिला सदस्यमा बालकुमारी (विमला) श्रेष्ठ निर्विरोध भए पनि एकजना सदस्य पदमा सोमबहादुर श्रेष्ठ र खगेन्द्र भण्डारीबीच चुनावी प्रतिष्पर्धा भइरहेको छ ।
Comments