Sajhamanch Archive

अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नेलाई तीन लाख मिलियन डलर पुरस्कारः इरानी नेता हमजेह

Published: in विश्व समाचार by .

एजेन्सी । इरानका एक नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने जो कसैलाई पनि तीन लाख मिलियन डलर इनाम दिने घोषणा गरेका छन् ।

केन्द्रीय कर्मान प्रान्तका संसदीय सभापति अहमद हमजेहले ट्रम्पलाई मार्ने मानिसलाई तीन लाख मिलियन डलर पुरस्कार दिने उद्घोष गरेका डेली मेलको रिपोर्टमा जनाइएको छ । मंगलबार एक भाषणमा हमजेहले यस्तो उद्घोष गरेका डेली मेलले जनाएको छ ।

हमजेहले भनेका छन् ‘म तपाइँहरुलाई बताउन चाहन्छु, दिवंगत कासिम सुलेमानी इरानको सबैभन्दा शक्तिशाली सैन्य कमाण्डर र गुप्तचर प्रमुख मेजर जनरल थिए । जनरल सुलेमानी इस्लामिक क्रान्तिकारी गार्ड कोर्प्सको अध्यक्षता गरिरहेका थिए । इरानी नेता आयोतोल्लाह खुमेनीका दाहिने हात कासिम सुलेमानी अमेरिकी ड्रोन हमलामा इराकमा मारिएका थिए ।

सुलेमानीको हत्यापछि उनको स्थान समालेका इरानका नयाँ जनरल इस्माईल कवानीले अमेरिकासँग उचित समयमा बदला लिने संकल्प गरेका छन्। सुलेमानीको हत्याले अमेरिकालाई बढी खतरनाक बनाएको छ । किनभने इरानका जनता यसको बदला लिन चाहन्छन् ।’

अमेरिकाले कासिम सुलेमानीलाई मार्नुको कारण उसले अमेरिकी जनतालाई मार्न गरेको षड्यन्त्रलाई उल्लेख गरेको थियो । अमेरिकी दाबीलाई हमजेहले खिल्ली उडाउँदै भनेका छन् ‘के कासिमलाई मारेर अमेरिका सुरक्षित हुन्छ ? यो कदापी सम्भव छैन ।’

साथै उनले अमेरिकाप्रति रोषपूर्ण अभिव्यक्ति दिँदै भनेका छन् ‘के हामीलाई प्रतिबन्धात्मक आक्रमणमा तपाईंको सबै लक्ष्यहरू नष्ट गर्न अनुमति छ ?’ सन् २०१५ को आणविक सम्झौताको बारेमा हमजेहले भनेका छन्, ‘यदि आज हामीसँग आणविक हतियार भएको भए हामी आफूलाई यस खतराबाट जोगाउने थियौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *