Sajhamanch Archive

माङ्सेबुङका बालबालिकालाई दमकबासीको न्यानो माया

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

इलाम । सरस्वती आधारभूत विद्यालय माङ्सेबुङ ४ इलाममा अध्ययनरत बालकक्षादेखि कक्षा ८ सम्मका सबै बालबालिकालाई आज न्यानो कपडा ट्र्याक सुट, स्टेसनरी सामग्री, जुत्ता र खाजा सामग्री प्रदान गरिएको छ ।

दाताहरु गणेश किराना दमक १ का सञ्चालक गणेश सुवेदी र सगरमाथा पेट्रोल पम्पका सञ्चालक टिकाराम मगरले बालबालिकालाई एकसरो न्यानो कपडा ट्र्याक सुट र स्टेसनरी सामग्री उपलब्ध गराएका हुन् । यस्तै, माङ्सेबुङ् गाउँपालिकाका तर्फबाट उपाध्यक्ष सुनिता सुब्बा र माङ्सेबुङ ६ का हेमन्त राईले सो विद्यालय अध्ययन गर्ने सबै बालबालिकालाई जुत्ता उपलब्ध गराएका छन् ।

प्रदेश १ का नवनियुक्त भूमि, ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा इलाम क्षेत्र २ ख का प्रदेशसभा सदस्य धिरेन शर्मा, माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बा, चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई, सामुदायिक स्वास्थ्य एकाइका प्रमुख दिलकुमारी योङ्हाङ, नेकपा दमक नगर कमिटीका अध्यक्ष बोधराज घिमिरे लगायतले सो अवसरमा आफ्ना धारणा राखेका थिए ।

बालबालिकालाई सहयोग प्रदान गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक दाताराम खनालले दुर्गम भूगोलमा अवस्थित आफ्नो विद्यालयमा स्थानीय सरकार तथा प्रदेश सरकारको सहयोगको आवश्यकता रहेको जनाउँदै उपस्थित जनप्रतिनिधिको ध्यान आकृष्ट गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री रानाले प्रदेश सरकार विद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । दाताको तर्फबाट मन्तव्य राख्दै गणेश सुबेदीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनु पर्नेमा जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *