Sajhamanch Archive

एनएमसीलाई नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, सहकारी by .

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ ।

संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम १६ लाख ६६ हजार रुपियाँ इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी गरेको हो । संस्थाले आफ्ना सबै कार्यालयमा रहेका भल्टको बीमा गरिएकाले यस्ता घटनाबाट निक्षेपकर्ता र शेयर सदस्यहरुलाई कुनै नोक्सानी हुन नदिने बताउँदै आएको छ ।

आइतबार संस्थाको कर्पाेरेट कार्यालयमा बीमा कम्पनीको तर्फबाट क्षेत्रीय प्रमुख गणेश खत्री र बिर्तामोड कार्यालयका प्रमुख सुमन पोद्दारले संस्थाका प्रबन्धकद्वय चेतन शर्मा पौडेल र नवीन भण्डारीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

यता घैलाडुब्बा कार्यालयबाट चोरी भएको सो रकमका बारेमा अनुसन्धान भइरहेको बताइए पनि लुटेराहरु अझै पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *