Sajhamanch Archive

इनाको जीवन रक्षार्थ संगीतकार राईको अपील

Published: in समाज by .

दमक । दुवै मिर्गौला फेल भएर थलिएकी मिक्लाजुङ ७ पाँचथरकी इना राई (सविता) ले आफ्नो जीवनरक्षाका लागि धन र मन हुने मानव समुदायसँग अपील गरेकी छन् ।

सोमबार पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरी राई परिवारले इनाको जीवनरक्षाका लागि सार्वजनिक अपील गरेका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै मिर्गौला पिडीत राइले आफ्ना दुवै मिर्गौला फेल भएको डाक्टरहरुले बताएको र उपचारका क्रममा आफूसँग भएको सम्पत्तीसमेत सकिएको दुखेसो पोखिन् ।

मिक्लाजुङ ७ पाँचथरमा स्थायी बसोबास रहेका राई परिवारको आर्थिक अवस्था अत्यन्तै न्यून रहेको गायक तथा संगीतकार विशाल राइले पत्रकार सम्मेलनमा जानकारी दिए ।

दुवै मिर्गौला फेल भई काम गर्न नसक्ने अवस्थामा रहेकी इना राई

आफ्नी भतिजी इनाको दुवै मिर्गौला फेल भई काम गर्न नसक्ने अवस्थामा रहेको र अबको एकमात्र विकल्प मिर्गौला प्रत्यारोपण भएकाले ईनालाई बचाउन सहगोगको अपेक्षा गरेको संगीतकार राईले बताए ।

२१ वर्षको उमेरमा दुवै मिर्गौलामा समस्या आयो र उपचार गर्दागर्दै भएभरको सम्पत्ती पनि सकिएकोले सहयोगको अपील गर्नुपरेको राई परिवारको आग्रह छ ।

आफूलाई केही भएमा १० महिनाको छोरा सिद्धको पनि बिजोग हुने चिन्ताले पिरोलिएकी इनाले आफूलाई मानवीय मनको सहयोग चाहिएको बताइन् ।

इनाका श्रीमान योगेस वैदेशिक रोजगारीमा गएको २ महिना मै श्रीमती बिरामी भएकोले फर्किनु परेको थियो । तीन महिना अगाडि खुट्टा सामान्य सुन्निए पछि परीक्षण गराउँदा डाक्टरले मिर्गौलामा समस्या आएको बताएका थिए ।

‘मिर्गौला उपचार गराउँदा आफूसँग भएको चार लाख रुपैयाँ खर्च भइसकेको जानकारी गराउँदै मिर्गौला प्रत्यारोपणसम्मको उपचारका लागि २० लाख रुपैयाँभन्दा बढी खर्च हुने चिकित्सकको भनाइलाई उधृत गर्दै बिरामीका पति योगेसले बताए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *