आदित्यको शरीर र ज्ञानको सुरक्षाका लागि सरकारले सहयोग गर्ने
Published: (Updated: )
by .काठमाडौं । आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको विषय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले औंल्याएका छन् ।
आदित्य संरक्षण प्रतिष्ठानले शनिबार आयोजना गरेको कलियूगको आदित्य ज्योतिष पथ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत बिना प्राप्त ज्ञान आफैंमा आश्चर्यजनक भएकाले यसको विज्ञान सम्मत खोजी आवश्यक भएको बताएका हुन् ।
आदित्यको दार्शनिक श्रृंखला, चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने प्रधानमन्त्री ओलीको भनाई छ ।
आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाई दिनुपर्ने प्रधानमन्त्रीको भनाई छ ।
“आदित्यको शारीरिक मात्र होइन ज्ञानको पनि सुरक्षा हुन आवश्यक छ” प्रधानमन्त्रीले भने “यसका लागि सरकार सहयोग गर्न तयार छ ।”
Comments