कमलको गापाका निर्णयः अत्यावश्यक सामग्रीको पसल सञ्चालन गर्न व्यवसायीलाई आग्रह
Published:
by .कमल । लकडाउनको कारण जनजीवनमा अस्तव्यस्त बन्दै गएकोले अत्यावश्यक वस्तु तथा सेवा प्रवाहका लागि कमल गाउँपालिकाले विशेष निर्णय गरेको छ । गाउँपालिकाको आकस्मिक बैठकले खाद्यान्न, तरकारी, औषधी, डेरी, गाइवस्तु, कुखुरा तथा बंगुरको दाना लगायत अत्यावश्यक पसल सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको हो ।
गाउँपालिकाको भूगोलमा दैनिक ज्यालादारी गरी छाकटार्ने मजदूरहरुको विवरण लिने र उनीहरुको आवश्यकता हेरेर खाद्यान्न सहयोग गर्ने तय भएको छ । बैठकले कमल रेडक्रस सोसाइटीद्वारा सञ्चालित एम्वुलेन्सलाई आइसोलेसन बेडसहितको तयारी अवस्थामा राख्ने, विभिन्न सडक र चोक बजारमा लगाएका ढाटहरु हटाउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
कमलनगर जेसीजले १० वेडको क्वारेन्टाइन निर्माण गरी गाउँपालिकालाई बुझाउने भनी गरेको प्रस्तावलाई गाउँपालिकाले स्वीकार गरेको छ । योसँगै कमल गाउँपालिकामा २५ बेडको क्वरेन्टाइन हुने जनाइएको छ ।
पछिल्लो विवरण अनुसार कलम गाउँपालिका क्षेत्रमा विदेशबाट आउने ५८ जनाको पहिचान भएको छ । कोभिड १९ बाट आफू बच्न र परिवार, समाज र समग्र मावन समुदायलाई बचाउन सेल्फ क्वारेन्टाइनमा बस्न गाउँपालिकाले सबैमा पुनः अनुरोध पनि गरेको छ ।
Comments