Sajhamanch Archive

लकडाउनले पारिवारिक र ब्यवहारिक हुन सिकायो

Published: (Updated: ) in विचार/ब्लग, समाज, by .

लकडाउन अवधिभर घरमै बस्नु, बाहिर नहिड्नु भन्ने सरकारको आदेश हामीले मानेका छौं । परिस्थिति यस्तो आउँदो रहेछ, जुन हामीले कल्पनासम्म गरेका थिएनौं । प्रकृतिसँग खेल्न र पारिवारिक हुन बाध्यता नै भयो । तिमी प्रकृति कै हो यो यथार्थ पनि हो ।

तनावग्रस्त जीवन परिवार, ब्यापार, साथीभाई, राजनीति, समाज र भूगोल मानवीय जीवनमा निरन्तर जोडिने शब्द र कर्म पनि हुन् ।कुनै दिन फुर्सद नै मिलेन, आफ्नो लागि समय त थियो तर अरुले देख्दामात्र आफ्नो भने अरुकै लागि ब्यतित भइरहयो ।हामीले नचाहेर प्रकृति मनकारी भयो । हाम्रो ब्यस्तता र समय लाई फेरि साम्य पार्दै छ र भन्दैछ तिमी आफ्नो लागि जिउने काम गर ! परिवार नै तिम्रो प्रकृति हो जहाँ तिमीले सृष्टि गरेका छौ ।

आबेग र उत्तेजनामा स्वार्थी नबन, मानव बन दानव होइन । कति मिठो पाठ सिकाएको छ । हप्तामा एकदिन हुने छुट्टीमा कुन काम गर्ने ? के नगर्ने भनी तनावग्रस्त बन्नु पथ्र्यो ।अहिले यस्तो अवस्था आयो सबै काम, ब्यापार छोड । हामी नेपाली अझ तनावग्र समयको भाग्यमानी जनता । इतिहासका धेरै कुरा हामीले भोग्नु परेको छ । ठूलो भुकम्प, जनयुद्ध, राजनीतिक आन्दोलन, गणतन्त्रको स्थापना लगायतका रुपान्तरण र प्राकृति बिपत्तिको सामना गरेका छौं । यस्तै अहिले अर्को विश्व संकटको सामना गरिरहेका छौं ।

कोरोना भाइरस चीनबाट शुरू भएको भाइरस, आज विश्वब्यापी हुँदै नेपाल प्रवेश गरेको छ । सधै कामकै शिलसिलामा घर परिवारलाई समय दिन नसक्ने हामीलाई प्रकृतिले घरमा थन्काएको छ । आफ्नो माया कति रहेछ भन्ने उदाहरण हो यो ।अधिकांश मानिस अहिले घरमा आफ्नो काम गरेको र परिवारमा बसेर रमाइलो गरेको तस्वीर र भिडियो पोस्ट गर्दै सबैलाई घरमा बस्न आग्रह गरिरहेका छन् ।

नेकपा नेता सिपि कडरिया आफ्नो फेसबुकमा करेसाबारीमा मकै गोड्दै गरेको फोटो पोस्ट गर्दै लेख्छन् – शरीरबाट २÷३ पटक पसिना निकाल्ने गरी काम गर्यो भने स्वास्थ्यलाई राम्रो हुन्छ ।

यस्तै युवा व्यावसायी विजय बस्नेत भन्छन् विवाह गरेको २१ वर्ष पछि घरमा परिवारसँग पहिलोपटक यसरी लामो समय बिताउन पाएँ । घर सरसफाई, पारिवारिक गफ, आफन्तसंग फोनमा कुराकानी एक किसिमले आनन्द भएको छ । बाँच्दाको माया पाइन्छ त। हुन त बाहिर हिड्नु भनेको रहरले होइन बाध्यताले हो ।

अहिले सामाजिक सञ्जाल निक्कै फस्टाएको छ । आफ्ना साथीहरूको पुरानो फोटोलाई लाइक, कमेन्ट गरेर ताजा बनाइदिएका छन् । तिनको विगतलाई सम्झाएको छ । ब्यापारी, पत्रकार, शिक्षक, राजनीतिक ब्यक्ति सबैलाई पारिवारिक बनाएको छ । धेरैले पुस्तक पढ्ने र करेसाबरीमा काम गर्ने गरेको पाइन्छ । यसले हामीलाई प्रकृतिप्रेमी पनि बनाएको छ ।गृहस्थ जीवन कसरी चलेको छ, छोराछोरीको भावना के कस्तो छ, लकडाउनमा घर बस्दा सबै बुझ्ने अवसर दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *