कांग्रेस नेता थेवेलाई मातृशोक
Published:
by .झापा । नेपाली कांग्रेसका महासमिति सदस्य देउमान थेवेलाई मातृशोक परेको छ ।
देउमानकी ७८ वर्षीया आमा दधिमाया थेवेको आइतबार राति उपचार कै क्रममा निधन भएको हो ।
मधुमेह र उच्च रक्तचापका कारण केही समयदेखि अस्वस्थ दधिमायाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय दधिमायाका श्रीमान वुद्धिमान थेवे, कान्छा छोरा देउमान थेवे तथा सातवटी छोरी छन् । दुई छोरा पूर्णकुमार, तिलविक्रम थेवेको यसअघि नै मृत्यु भएको जनाइएको छ ।
कनकाई नगरपालिकामा स्थायी बसोबास रहेको थेवे परिवारले स्वर्गीय दधिमायाको अन्तिम संस्कार सोमबार कनकाई माइमा गरिने जनाइएको छ ।
Comments