Sajhamanch Archive

बुद्धशान्ति गाउँपालिका राहत कोषमा प्याब्सन बुद्धशान्तिको ५६ हजार

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

बुधबारे । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि राज्यले देशभर लकडाउन गरेपछि अतिविपन्न नागरिक भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले आज निजी विद्यालयहरुको छाता संगठन बुद्धशान्ति प्याब्सनले गाउँपालिकालाई ५६ हजार रुपैयाँ सहयोग गरेको छ ।

बुद्धशान्ति प्याब्सनका अध्यक्ष विष्णु सापकोटाले उक्त राहत रकम बुद्धशान्ति गाउँपालिकालाई हस्तान्तरण गरिएको बताएका हुन् । राज्यलाई आपत परेको बेला सबैको सहयोग रहनुपर्ने महसुस गरेर बुद्धशान्ति गाउँपालिका भित्रका अतिविपन्न नागरिकलाई खाद्यान्न उपलब्ध गराउने गरी सहयोग प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईलाई सो रकम प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार महेन्द्र संग्रौलाले हस्तान्तरण गरेका हुन् ।

विपद्को यस घडीमा आवश्यक परेको खण्डमा प्याब्सन बुद्धशान्तिले आर्थिक, प्राविधिक र अन्य कुरामा आगामी दिनमा पनि सहयोग गर्ने प्याब्सन बुद्धशान्तिका अध्यक्ष सापकोटाले प्रतिवद्धता व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *