Sajhamanch Archive

हल्दिबारी १ का विपन्नले भोकै बस्नु नपर्ने

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा कार्यालयले राहत सामग्री बितरण गरेको हो ।

वडा नम्बर १ मा रहेका अति विपन्न वर्गका परिवारहरुलाई चामल दाल, नून, तेल, साबुन, मास्क लगायतका सामग्रीहरु प्रदान गरिएको हो । सामाजिक दूरी कायम राख्दै हल्दिबारी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष त्रिलोचन सापकोटा तथा वडा सदस्यहरु, टोल विकास समिति र राहत वितरण समितिको सक्रियतामा टोलीले खाद्य सामग्री वितरण गरेको थियो ।

एकै स्थानमाबाट राहत सामग्री वितरण गर्दा भिडभाड हुने भएकाले विपन्नको घर घरमै पुर्याइएको वडाध्यक्ष सापकोटाले बताएका छन् । खान नपाएर कोही पनि वडावासी भोकै रहनु नपर्ने वडाध्यक्ष सापकोटाले बताए । ‘५ वटा समिति बनाएर काम गरिरहेका छौं’ उनले भने ‘हाम्रो वडाका कोही परिवारमा खाद्यान्न समस्या भएर भोकै बस्नुपर्ने अवस्था आएमा तुरुन्त वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *