Sajhamanch Archive

अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, विश्व समाचार, by .

सुवास खतिवडा, बाल्टिमोर (अमेरिका)

म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन । हामी घर भित्रै बसेको एक हप्ता भयो । एक महिना चल्ने रासन पानी राखेर बसेका छौं ।

स्कूलहरु बन्द छन् । अत्यावश्यक स्टोरहरु खुलेका छन् । पेट्रोल पम्प, खाद्यान्न स्टोरहरु अत्यावश्यकको सूचिमा रहेकाले त्यस्ता पसलहरु खुल्ला छन् । अधिकांश नेपालीहरुले काम गर्ने त्यस्ता स्टोरहरु खुल्लै हुने भएकोले कतिलाई चाहेर पनि घर बस्न सम्भव छैन ।

अमेरिकाका अन्य ठाउँँभन्दा कोरोना प्रभाव अलि कम भएकाले पनि राज्य सरकारले कडा कदम नचालेको हुनसक्छ । यहाँँ आज अप्रिल ४ तारिकसम्म २००० जनाको संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् भने ३१ जनाले ज्यान गुमाएका छन् ।

यहाँँ पनि केही नेपालीहरु सङ्क्रमित भएको भन्ने हल्ला चले पनि खुलेर बाहिर आउन नचाहेका कारण सत्य थाहा पाउन गाह्रो छ । विभिन्न नेपाली संघ–संस्थाहरु आफ्ना समुदायका कोही पनि अप्ठ्यारोमा नपरुन् भनेर सामाजिक सञ्जालमा सूचना बाँडिरहेका छन् ।

न्यूयोर्क यहाँँबाट ३ घण्टाको दूरिमा पर्छ । त्यहाँको स्थिति भने भयावह बन्दै गइरहेको छ । त्यहाँ सङ्क्रमितको संख्या एक लाख पुगिसक्यो । ३००० ले त ज्यान नै गुमाइसकेका छन् ।

झापा बिर्तामोड

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *