Sajhamanch Archive

नेकपा कचनकवलले पालिकालाई दियो ५१ हजार सहयोग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकाको कोरोना रोकथाम कोषमा जम्मा हुनेगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कचनकवल गाउँपालिका कमिटीले आज ५१ हजार रुपैयाँ जम्मा गरेको छ ।

पार्टी गाउँकमिटीको आजको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन गर्दै आजै नेकपा गाउँकमिटीका तर्फबाट ५१ हजार रुपैयाँको चेक गाउँपालिका अध्यक्ष अन्जार आलमलाई हस्तान्तरण गरिएको हो ।

पार्टीका गाउँकमिटी अध्यक्ष तिलकबहादुर राइको अध्यक्षतामा प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा सदस्य बसन्त बानियाँको प्रमुख अतिथ्यता बैठक सम्पन्न गरिएको हो ।

द्रोणाचार्य महिला बाल सामुदायिक भवनमा सम्पन्न बैठकमा पार्टीका गाउँपालिका इन्चार्ज तेजेन्द्र मैनाली, सहइन्चार्ज टीका गुरुङ, जिल्ला सदस्यहरु, वडा अध्यक्षहरुलगायतको सहभागिता थियो । बैठकपछि आजै गाउँपालिका गएर रकम हस्तान्तरण गरिएको सांसद बसन्त बानियाँले जनाएका छन् ।

पार्टीको उक्त बैठकले नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गराउँदै सशक्त सहयोग गर्ने, वडास्तरमा अन्य राजनीतिक पार्टी, जनप्रतिनिधि, संघ–संस्था तथा सरोकारवाला निकायसँग उचित समन्वय गर्ने र जनचेतना जगाउने पनि निर्णय गरेको छ ।

सांसद बानियाँका अनुसार अन्य मुलुकबाट आएका ब्यक्तिहरुको पहिचान गर्ने र क्वारेन्टाइनमा राख्न मद्दत गर्ने, राहत वितरण कार्यलाई ब्यवस्थित, पारदर्शी एवम् प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने, वडास्तरमै विपन्न तथा मजदुर वर्गको अभिलेख तयारी गरी राहत संकलन गर्ने तथा आवश्यकता अनुसार वितरण गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *