Sajhamanch Archive

बुद्धशान्तिमा ६ लाख रुपैयाँ र सय क्वीन्टल चामल सहयोग जुट्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by .

बुद्धशान्ति । चैत ११ गतेदेखि कोराना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी गरेको लकडाउनको घोषणा पछि यतिबेला अतिविपन्न नागरिकलाई खाद्यान्न सहयोग भइरहेको छ । विभिन्न स्थानीय तहहरुले अतिविपन्न नागरिकलाई खाद्य सामग्री प्रदान गरिरहँदा कोही भोकै बस्नु नपरोस् भनेर राज्यकोषमा स्थानीय नागरिक तथा संघ–संस्थाहरुले स्वतःस्फूर्त रकम तथा जिन्सी सामान सहयोग प्रदान गरिरहेका छन् ।

झापाको बुद्धशान्तिमा पनि केही ठाउँका नागरिकलाई पहिलो चरणको खाद्य सामग्री प्रदान गरिरहँदा दोस्रो चरणमा खाद्य सामग्री प्रदान गर्ने गरीको गृहकार्य चलेको छ । पहिलो चरणमा छुट्न पुगेका नागरिकलाई खाद्यान्न सहयोग गर्नका लागि संघ–संस्था तथा व्यक्तिले छ लाख १४ हजार २८५ रुपैयाँ नगद सहयोग गरेका छन् । यस्तै एक सय क्वीन्टलभन्दा बढी चामल पनि सहयोग प्राप्त भएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताएका छन् ।

सो गाउँपालिकाका प्रत्येक वडाले अतिविपन्न कोही पनि भोकै बस्नु नपरोस् भनेर घरघर गएर त्यस्ता नागरिक पहिचान गरिरहेको छ । अतिविपन्न नागरिकलाई बाँच्नका लागि खाद्यान्न सहयोग गरिने हुँदा खान पुगिरहेका नागरिकले राहत लिने कुरामा सचेत भइदिन पनि गाउँपालिकाले अपील गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *