Sajhamanch Archive

बिर्तामोडमा खाद्यान्नका पसल ३ घण्टा खुल्ने, स्थानीय सब्जी घुमाएर बेच्न पाइने

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष नगरपालिका स्तरीय समितिले आजदेखि खाद्यान्न पसल दिउँसो १२ देखि ३ बजेसम्म खोल्न पाउने निर्णय गरेको छ ।

नगरबासीको दैनिकीमामा सहजता ल्याउन एवम् अत्यावश्यक वस्तुको अभाव हुन नदिन समितिले खाधान्नका पसल दिनको ३ घण्टा खोल्ने व्यवस्था मिलाइएको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताएका छन् ।

उनका अनुसार स्थानीय रूपमा उत्पादित घुमन्ते सब्जी पसल, दूध, औषधि पसल नियमित सञ्चालन गर्न पाइनेछ । ‘अत्यावश्यक वस्तुको अभाव हुन नदिन र लकडाउनको पूर्ण पालना गर्न/गराउन नगरपालिका लागि परेको छ’ नगरप्रमुख शिवाकोटीले थपेका छन्, ‘नगरबासीमा समितिको निर्णय अनुसार कामकारबाही गर्न अनुरोध गर्दछौँ ।’

समितिले वैशाख १५ गतेसम्म कृषि थोकमा रहेको सब्जीको ल्याब सेवा चाहिँ बन्द गरिनेसमेत निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *