Sajhamanch Archive

चुलाचुलीका साढे १५ सय परिवारलाई खाद्यान्न राहत

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

चुलाचुली (इलाम) । दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा रहेका ज्याला मजदुरी गरी गुजारा चलाउने वर्गका साढे १५ सय परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु गरिएको छ ।

कोभिड–१९को सन्त्रासले लकडाउन गरिँदा अतिविपन्न र ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई समस्या भएको निश्कर्षसहित त्यस्ता परिवारलाई गाउँपालिकाले पुनः राहत वितरण सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले दिएको जानकारी अनुसार पहिलो चरणमा ७८५ परिवारलाई खाद्यान्न राहत वितरण गरिएको र पुनः ७५४ परिवारलाई कार्यविधि अनुसार वितरण सुरु गरिएको हो ।

नेपाल सरकारले तोकेको मापदण्डको आधार र गाउँपालिकाले बनाएको राहत कार्यविधिका आधारमा दोस्रो चरणको राहत वितरण गर्न लागिएको वडानम्वर ३ का अध्यक्ष नरवहादुर लावतीले बताए । उनका अनुसार टोल विकास संस्थाहरुको सिफारिसका आधारमा विपन्न परिवार तथा ज्याला मजदुरी गरिखाने वर्ग पहिचान गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *