कोराना विपद कोषमा नागबेली सुपारी सहकारीको २५ हजार सहयोग
Published:
by .बुद्धशान्ति । यहाँस्थित नागवेली सुपारी उत्पादन सहकारी संस्थाले गाउँ पालिकाको बिपत ब्यवस्थापन कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
बुद्धशान्ती गाउँपालिका वडा नं. ५ मा रहेको सो संस्थाका पदाधिकारीहरुले गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईंलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका पुगेर सो सहकारी संस्थाका अध्यक्ष गङ्गाराम राई र सचिव हेमराज भट्टराईले रकम प्रदान गरेको जनाइएको छ ।
Comments