Sajhamanch Archive

बिर्तामोडबासीलाई सामाजिक सुरक्षा भत्ता अब घरघरमै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले अब केही समयका लागि सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्याउने भएको छ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको बैंक खातामा नगद जम्मा गरि दिएर बैंक मार्फत भुक्तानी लिँदै आएका उनीहरुले अब केही समयसम्म घरमा नै सेवा पाउने भएका हुन् । सरकारले जारी गरेको ‘लकडाउन’ अवधिमा बैंकको सञ्चालन समय थोरै भएकोले सेवाग्राहीहरु समस्यामा परेको पाइएपछि यस्तो निर्णय गरिएको हो ।

                                सामाजिक सुरक्षा भत्ता लिनेको घुइँचो सम्बन्धी सांकेतिक तस्वीर

बैंकमा पनि भिडभाड हुने भएका कारण घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने गरी काम अगाडि बढाइएको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले बताइन् । प्रत्येक वडालाई पायकप पर्ने स्थानमा रहेका बैंकमार्फत सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको थियो। हाल बैंकहरुले ११ बजेदेखि १ बजेसम्म मात्र बैंकिङ सेवा दिँदै आएका छन् ।

लकडाउनलाई पूर्ण पालना गराउन तथा बैंकमा भइरहेको सेवाग्राहीहरुको भिडभाडलाई न्यूनीकरण गर्न वडासचिव र जनप्रतिनिधिको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न सहजीकरण गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *