Sajhamanch Archive

श्रमिक बाँचे श्रम बाँच्नेछ अनि यसैबाट राजनीति मौलाउनेछ

Published: in विचार/ब्लग, by .

देश लकडाउनमा छ । सबैलाई घरमा बस्न आग्रह गरिएको छ।श्रमिकहरुलाई खान समस्या भए स्थानीय सरकारले विभिन्न माध्यमबाट राहत वितरण पनि गर्दैछ । आज झापामा झमझम पानी पर्दैछ । तर त्यो पानीको कुनै परवाह नगरी चिया मजदुरहरु छाता र प्लास्टिकबाट बनेको रेनकोट ओडेर चिया टिप्दैछन ।

यो दृश्यले जो कोहीलाई पनि भाबुक बनाउँछ । श्रमिकहरु चिया टिप्दैगर्दा तिनका ठेकेदारहरु घरमै छन् । सामान्य अवस्थाभन्दा यो समय अलि फरक पनि छ । यतिबेला सामाजिक दुरी कायम गर्नुपर्ने, हातमा ग्लोब्स, खुट्टामा गम्बुट, मास्क, सेनिटाइजर लगाउनु पर्ने सामान्य प्रावधान भए पनि ती श्रमिकको सवालमा केही पनि देखिँदैन । यो सबै घटना र दृष्यलाई हामीले भिडियोमा कैद गरेका छौं । यो विषम परिस्थितिमा मजदुरको पीडा सडकमा हिड्दै घर जाँदै गरेका दृश्यले पनि उनीहरुको अवस्थाको राम्रो चित्रण गरेको छ।

श्रमजीवी वर्गबाट आन्दोलनको ब्याख्या र पुर्णता पाएको नेपालको राजनीतिमा ठूलो हिस्सा ओगटेको छ । सामाजिक संजालमा गतिलो राजनीतिक बहस गर्नेहरु पनि श्रमिकको स्वास्थ्य अधिकार संजालमा मात्र तलमाथि भएका छन् ।संचारमाध्यमबाट खबरदारी र सूचना सम्प्रेषण भए तर पनि श्रमिकको पक्षमा स्थानीय सरकार र तिनका ठेकेदारहरुमा यो वर्गको स्वास्थ्यमा चिन्तित देखिँदैन । राजनीतिक रुपमा खरो उत्रिनेहरु श्रमिकको मानवीय संम्बेदनामा ध्यान किन दिदैनन ?

सरकार श्रमिकको स्वास्थ्यसँग तिम्रो राजनीतिक भविष्य जोडिएको छ । श्रमको व्याख्या होईन, सम्मानका साथ सहयोगी बन । श्रमिक बाँचे श्रम बाँच्नेछ, श्रमिक बाँचे तिम्रो राजनीतिक भविष्य पनि बाँच्नेछ। आजलाई यत्ति ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *