झापा कारागारलाई राउण्ड टेवल २७को स्वास्थ्य सामग्री
Published:
by .भद्रपुर । झापा कारागारमा रहेका कैदीबन्दीलाई कोरोना भाईरस लाग्नबाट बचाउन विर्तामोड राउण्ड टेवल २७ ले विभिन्न स्वास्थ्य सामग्रीहरु आज हस्तान्तरण गरेको छ ।
झापा कारागारमा संक्षिप्त कार्यक्रम गरी कारागार प्रशासनलाई सेनिटाईजर, ग्लोब्स, प्रेसर नाप्ने मेशिन लगायतका स्वास्थ्य सामग्री जेलर राजेन्द्र निरौलालाई हस्तान्तरण गरको हो ।
लामो समयको लकडाउनले विभिन्न स्वास्थ्य सामग्री अभाव भए पछि राउण्ड टेवल २७ ले यी ओषधीजन्य सामग्रीहरु जेल प्रशासनलाई हस्तान्तरण गरेको हो ।
झापा कारागारमा यतिबेला एक हजार १७० जना कैदीबन्दी रहेका छन् । ३५० जना क्षमता रहेको कारागारमा चार गुणा बढी बन्दी रहेका हुन् । राउण्ड टेवलले प्रदान गरेको स्वास्थ्य सामग्रीहरु ग्रहण गर्दै जेलर निरौलाले यस खालको सामग्रीको अति आवश्यक रहेकोले प्राप्त स्वास्थ्य सामग्रीले जेलमा रहेका कैदीवन्दीलाई ठूलो राहत पुग्ने बताए।
यस अघि पनि झापा कारागारमा प्रदेश एक सरकार र पाँचथर सरोकार मञ्चले कोरोना भाईरसबाट वच्नको लागि विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको थियो ।
Comments