Sajhamanch Archive

भारतमा लकडाउन दुई हप्ता थपियो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

नयाँदिल्ली । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लकडाउनको अवधि मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । आज शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेडजोन’मा रहेका १३० जिल्लामा कुनै छुट दिइने छैन ।

‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेडजोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेडजोन’ घोषणा गरिएको छ ।

‘अरेन्ज जोन’मा परेका २८४ जिल्लामा पनि ‘रेडजोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छुट हुनेछ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *