Sajhamanch Archive

पर्यटन मन्त्री भट्टराईले दोस्रो दिन पनि सांसदहरुसँग लिए राय

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धमा प्रदेशगतरुपमा संघीय सांसदहरुसँग दुई दिन छलफल गरेका छन् । मन्त्री भट्टराईले बिहीबार र शुक्रबार १५१ जना सांसदहरुसँग आगामी आवको नीति कार्यक्रम तथा बजेटको सम्बन्धमा सुझाव तथा सल्लाह लिएका हुन् । शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका साढे ६ बजेसम्म आठ घण्टा मन्त्री भट्टराईले सांसदहरुको सुझाव तथा गुनासो सुनेका हुन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने बागमति प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का सांसदहरुको सुझाव तथा राय लिएका छन् । हिजो उनले प्रदेश १, सुदुरपश्चिम र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका थिए ।

आज नेकपाका सचेतक देव गुरुङले कोरानाका कारण पर्यटन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको भन्दै पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गरेर अघि बढ्न मन्त्री भट्टराईलाई सुझाव दिए । सचेतक गुरुङले पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्दै आन्तरिक पर्यटय प्रवद्र्धनमा गर्न माग गरेका थिए ।

सांसद हरिवोल गजुरेलले कृषि, पर्यटन र उर्जा नै मूल आधार भएको बताउँदै निजगढ विमानस्थल चाँडो बनाउन माग गरे । सांसदहरुले विगतको परम्पराको अन्त्य गर्दै समानुपातिक, समावेशी र सन्तुलनका आधारमा बजेट वितरण गर्नुपर्नेमा विशेष जोड दिएका थिए ।

प्रदेश ३ का संघीय सांसदहरुले भाषा, कला, संस्कृति धर्मको जगेर्ना गर्दै उपत्यकालाई पर्यटकीय तथा धार्मिक सर्किटको रुपमा विकास गर्न माग गरेका छन् । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा निजगढ विमानस्थल बनाउन चाँडो शुरुगर्न आग्रह गरे ।

सांसदहरुले साना साना कार्यक्रम नल्याई एक निर्वाचन एक पर्यटन कार्यक्रम ल्याउनसमेत माग गरेको छन् । मन्त्री भट्टराई छलफलले पर्यटन क्षेत्रमा राष्ट्रिय धारणा बनेको बताउँदै विगतका कार्यक्रम यथावत राख्दै नयाँ कार्यक्रम ल्याउने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *