Sajhamanch Archive

दाताले गरिदिए माइपश्चिमका पत्रकारहरुको सामुहिक ‘कोरोना बीमा’

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

दमक । नेपाल प्रेस युनियनले झापाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको सामुहिक कोरोना बीमा गरिदिने भएको छ । नेपाल पत्रकार महासंघमा आवद्ध तथा अन्य सक्रिय पत्रकार गरी दुई दर्जन हाराहारी पत्रकारहरुको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरिदिन लागिएको हो ।

नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समिति दमकको आग्रहमा दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले बीमा रकम तिरिदिने भएपछि पत्रकारको सामुहिक कोरोना बीमा गर्न लागिएको अध्यक्ष विष्णु सुब्बाले बताए । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाउ पुर्याउँन बीमाको योजना अघि सारिएको अध्यक्ष राइले बताए ।

जोखिमका बाबजुद पनि सूचना सम्प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षाप्रति युनियन चिन्तित भएकाले बीमामा समावेश गर्न लागिएको उनले बताए । विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बीमा गरिने पनि सुब्बाले प्रष्ट पारेका छन् ।  बीमा कम्पनीको नियमअनुसार बिमीतलाई एकवर्ष भित्रमा कोरोना संक्रमण परीक्षण गर्दा पिसिआर पोजिटिभ देखिए इन्स्योरेन्सले एक लाख रुपैयाँ दिने व्यवस्था छ ।

जिल्लामा पहिलोपटक साझामञ्च डटकमको सञ्चालक संस्था साझामञ्च मिडिया प्रालिले आफ्नो प्रतिष्ठानमा काम गर्ने १० जना पत्रकार र कर्मचारीहरुको जनही एक–एक लाख रुपैयाँको कोरोना बीमा गरिदिएको २० दिन पछि प्रेस युनियनले दमक क्षेत्रका पत्रकारहरुको बीमा गर्ने योजना बारेको खबर सार्वजनिक भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *