Sajhamanch Archive

बिर्तामोडका नगरप्रमुख शिवाकोटीको स्पाइनल सर्जरी गरिँदै

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । ढाडको नशा च्यापिएको समस्या लिएर यहाँस्थित बि एण्ड सी अस्पतालमा उपचारार्थ हिजो भर्ना भएका बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको अहिले शल्यक्रिया शुरु भएको छ ।

‘ढाडको नशा च्यापिएर घाँटीसम्म असर पुगेपछि नगरप्रमुख शिवाकोटी हिजो अस्पताल भर्ना हुनुभएको हो’ बि एण्ड सी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले भने, ‘ आज सोमबार मध्यान्हदेखि उहाँको स्पाइनल सर्जरी सुरु भएको छ ।’

नगरप्रमुख शिवाकोटीको शल्यक्रियामा डाक्टर निराजन पराजुली, डा. पंकज नेपाल, डा. दिनेश थापा, डा. राजे श्रेष्ठ र डा. लक्ष्मण ठाकुरसहित १० जना चिकित्सकको समूह रहेको गिरीले जानकारी दिए ।

नगरप्रमुख शिवाकोटीको स्वास्थ्य अवस्थाका बारेमा ४ बजे प्रेस नोट जारी गरेर जानकारी गराइने जनसम्पर्क अधिकृत गिरीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *