Sajhamanch Archive

शल्यक्रियापछि बिर्तामोडका नगरप्रमुख शिवाकोटीको स्वास्थ्य स्थिर

Published: in स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । ढाडको नशा च्यापिएर गर्धन दुख्ने समस्या भागिरहेका बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको पाँच घण्टा लगाएर शल्यक्रिया गरिएको छ ।

बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचारका लागि भर्ना भएका शिवाकोटीको सर्भाइकल स्पाइनल क्यानल स्टेनोसिस शल्यक्रिया गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. निराजनप्रसाद पराजुलीले जनाएका छन् ।

मेडिकल डाइरेक्टर डा. पराजुलीको हस्ताक्षरमा ेअस्पतालले जारी गरेको प्रेसनोटमा नगरप्रमुख शिवाकोटीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *