लकडाउनको विकल्पका लागि सात सुझावहरु
Published:
by .१५ दिन भित्र गर्न सकिने काम
- भारतीय सिमा जोडिएका तराईका २२ र पहाडका ६ गरि २८ जिल्लाको सिमामा सेना, ससस्त्र,जनपद र पालिकाहरुले खटाएका डन्डी बोकेर हिँड्न खुब मनपराउने स्वयमसेवकहरु र खट्न चाहने साथीहरु अनि राजनीतिक पार्टीका यूवा समेतको टोली परिचालन गरि सिमाबाट अबैध आओत जाओत पुर्ण बन्द गर्ने। त्यसको ब्यवस्थापनको जिम्मा पालिकाहरुलाइ दिउँ।आउंदो बजेटको सांसद बिकास कोष नामको पैसा कटौती गरि यो काममा खर्च गरौँ।
- तराइका २२ वटै जिल्लामा PCR टेस्टको ब्यावस्था मिलाउने।सरकारका निकायहरु एक्लैले सक्दैनन थाह छ, बडप्पन नदेखाइ लाज नमानी सामाजिक संघसंस्था, सहकारी छेत्र र नीजि छेत्रसँग सहकार्य र सहयोगको आव्हान गरौँ।
- वर्षा सुरु भयो यो टेन्टवाला अस्थायी क्वारेन्टाइन पुर्ण बन्द गरौँ।होटेलवाला साथीहरूले होटेल दिन्छौँ भनेको धेरै भयो अब होटेलहरुलाइ स्थायी क्वारेन्टाइन बनाउन बिलम्म नगरौं। क्वारेन्टाइनका लागि आवस्यक सबै आधारभूत कुराहरुको ब्यावस्था मिलाउँ । एम्बुलेन्स,स्वास्थकर्मी , स्वास्थ्य सामाग्री, खानपिन, सरसफाइ लगायत) एटेज रूम हुने होटेल प्रयोग गर्नु अति उत्तम हुन्छ।
- धेरै भिडभाड हुने छेत्रहरु खोल्न अहिललाई प्रतिबन्ध नै लगाउँ (सिनेमा घर, पार्क, थिएटर लगायत) ।
- PCR टेस्टको दायरा फराकिलो बनाउँ सरकार एक्लैले सक्दैन भने सामाजिक संघसंस्था, सहकारी छेत्र र नीजी छेत्रसंग सहकार्य गरौँ तर छिटो गरौं। सिमाका प्रत्येक जिल्लामा कम्तीमा २०,००० मानिसहरूको टेस्ट अनिवार्य छ।
- सामाजिक दुरि कायाम गर्ने र स्वासथ्य सचेतना संबन्धी कडा नियम जारी गरौं।पालना नगर्नेलाइ जरिवाना र कार्वाही समेतको ब्याबस्था गरौँ।
- यति गरेपछि लकडाउनको अन्त्यको घोषणा गरि देशभित्रको ब्यापार, ब्यावसाय, सहकारी बित्तीय संस्था उधोग कलकारखाना निर्वाध रुपमा संचालन गर्न दिउँ।सिमाको सँबन्धमा छिमेकी देश बंगलादेशले गरेको कामबाट केही सिकौँ ।
https://www.facebook.com/bhanu.dangal.1
Comments