स्वास्थ्य सावधानी अपनाएर विकास निर्माणका काम गरिरहनुः मन्त्री भट्टराई
Published:
by .काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेशकुमार भट्टराईले लुम्बनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
लुम्बनी विकास कोषका पदाधिकारीहरुसँग बुधवार ‘भर्चुअल मिटिङ’ गर्दै मन्त्री भट्टराईले लकडाउनको समय भए पनि सामाजिक दूरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै स्थानीय तहहरु समेतको समन्वयमा निर्माण तथा अन्य काम गरिरहन निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार सहभागी अटाउने ध्यानकेन्द्र सभाहल निर्माणको काम चाँडो सक्नसमेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय बुद्धिस्ट संगठनहरुसँग पनि भर्चुअल बैठक गरी कोराना महामारी विरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए ।
भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।
लुम्बनी विकास कोषले कोविड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको कोषका सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए । उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ बटा क्वारेन्टिना समेत विभिन्न खाद्य सामग्री, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको समेत मन्त्री भट्टराईलाई अवगत गराए ।
सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउँदै कर्मचारी आवासगृह, पोखरीको वरिपरी विश्रामस्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको जानकारी दिए ।
Comments